विश्व वातावरण दिवस २०१५ मनाइयो


"एउटै पृथ्वी सात अरव सपना , दिगो उपभोग हाम्रो चाहना" भन्ने नाराको साथ ४३ औ विश्व वातावरण दिवसको उपलक्ष्यमा श्री गलकोट उच्च माध्यमिक विद्यालयको आयोजनामा चनचेतना कार्यक्रम  विभिन्न  नारा लेखिएका प्ले कार्ड सहित हटिया बजार सरसफाई तथा -याली कार्यक्रम सम्पन्न भयो ।


यस वातावरण दिवसको अवसरमा नेपाल सरकारले पनि "विपत्तिको बेला पनि सफा राखौं धर्ती , सबै सफा रहन प्रयोग गरौं चर्पी "भन्ने नारा सहित सप्ताह सरसफाई कार्यक्रम गरे अनुसार यस विद्यालयले पनि सामाजिक उत्तरदायित्वको बोध गरी सरसफाई तथा वातावरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम  आयोजना गरेको हो । यस अवसरमा यस विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले बिभिन्न नारा लेखिएका प्ले कार्डहरू सहित हटिया बजार सरसफाई गरेको छ । उक्त दिन बजार सरसफाई पश्चात " स्वच्छ वातावरण निर्माणमा हाम्रो दायीत्व" शीर्षकमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा लिला अधिकारी, तुलसी कार्की, बिन्दु बोहोरा, करिष्मा बोहोरा, ध्रुब सुवेदी, पूजा बि. क. , शोभा परियार र सरिता शर्माले भाग लिएका थिए । सो कार्यक्रममा  प्रथम लिला अधिकारी, द्वितीय शोभा परियार, तृतीय ध्रुव सुवेदी,  भएका थिए ।

विश्व वातावरण दिवस २०१५ को अवसरमा यस विद्यालयका अतिरिक्त क्रियाकलाप कार्यक्रमका संयोजक राम बहादुर खत्रीले वातावरणमा आएको ह्रास र यसलाई संरक्षण गर्ने उपाय बारे चर्चा गरेका थिए भने शिक्षक अोमकार सुवेदीले वातावरण प्रदुषणबाट  हाम्रो टोल, छिमेक, विद्यालयमा फैलिने रोगको बारेमा छोटो मन्तब्य दिएका थिए । यस्तै विद्यालयका सहायक प्रधानाध्यापक नवराज गौतमले, अतिरिक्त क्रियाकलापको महत्व बताउदै वातावरण सरसफाईमा सबै शिक्षक र विद्यार्थीको अहम् भुमिका रहेको कुरा बताएका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम कडेँलले गरेका थिए ।


उक्त कार्यक्रमका नाराहरू यस्ता थिए ;
विश्व वातावरण दिवस ,सफल पारौं ।
सुधार गरौं हाम्रो बानी, स्वस्थ बन्छ जीन्दगानी ।
गाउँ टोल सफा राखौं, सभ्य बन्न सिकौं ।
वातावरण सफा राखौं, दीर्घजीवि बनौं ।
सफा रहौ, स्वस्थ बनौ ।

कार्यक्रमका केही झलकहरू,