प्राविधीक तर्फको एस.एल.सी. परीक्षाको परीक्षाफल सार्वजनिक

प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षमा सबै उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा सहभागी ३ हजार २ सय ९२ जनामध्ये २ सय १५ जनाले ९० देखि १०० प्रतिशत अर्थात ए प्लस ग्रेड ल्याएका छन् ।

यस्तै  ८० देखि ८९ प्रतिशत अर्थात ए ग्रेड ल्याउने ७ सय ७९, ६० देखि ७९ प्रतिशत अर्थात बी ग्रेडमा २१ सय ३१ जना, ४० देखि ५९ प्रतिशत अर्थात सी ग्रेड ल्याउने १ सय २४ जना र २५ देखि ३९ प्रतिशत अर्र्थात डी  ग्रेठ ल्याउने १ जना छन् ।
यस विद्यालयबाट सहभागि बाली विज्ञानका ३० जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन् । ती मध्ये एक जनाले A+, २ जनाले A, र बाँकी सबै B ग्रेडमा उत्तीर्ण भएका छन् ।