Chemistry Lab

Students of class XI doing chemistry practical.

Library

Students of Class 4 studying in Library.

GHSS Block B

In this Block for classes of XI and XII and Galkot Multiple Campus.

Block A

This is the Block for primary and Secondary Level

Educational Tour

Students of Class IX ( Technical and Vocational stream).

Science Stream

Students and Teachers of Science Stream Class XI and XII after completing Practical exam 2072

उपप्रधानमन्त्री केसिको नागरिक अभिनन्दन

माननिय उपप्रधानमन्त्रि तथा सहकारी र गरिबि निवारण मन्त्रि चित्र बहादुर के सी लाई विद्यालयको तर्फबाट नागरिक अभिनन्दन गरिएको छ । उहाँ लाई यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिंह खत्री र प्रअ देवेन्द्र खत्रीले संयुक्त रूपमा अभिनन्दन गर्नु भएको थियो । उपप्रधानमन्त्रि केसी २०२६/२७ सालमा यस विद्यालयको प्रधानाध्यक हुनुहुन्थ्यो ।

२०७२ को लागि ११ मा भर्ना खुल्यो

आगामि शैक्षिक शत्र २०७२ का लागि यस गलकोट उच्च माध्यमिक विद्यालय हटिया बागलुङमा कक्षा ११ मा भर्ना खूलेको छ । वि.सं. २०५३ साल देखि यस क्षेत्रमा लानो अनुभव बोकेको धवलागिरी अञ्चलकै पहिलो उच्च माध्यमिक विद्यालयमा विज्ञान, शिक्षा, वाणिज्य संकायहरूमा भर्ना खुलेको छ । 

विज्ञान संकायमा भर्ना हुन चाहने विद्यार्थीहरूका लागि २३ गते विहानको ११ बजे  प्रवेश परीक्षाको मिति र समय कायम गरिएको छ । अन्य संकायको भर्ना प्रवेश परीक्षा विना नै गरिने छ ।

भर्ना फाराम यहाँ क्लिक गरी डाउनलोड गर्न सकिने छ । थप जानकारीको लागि विद्यालय समयमा ०६८-६९०९७३ मा र अन्य समयमा मोवाइल नं. ९८४७६४०८२३ मा सम्पर्क गरी जानकारी लिन सक्नुहुने छ ।



यस विद्यालयमा कक्षा ११ र १२ मा निम्नानुसारका विषयहरू विद्यार्थीहरूले छनोट गर्न सक्नेछन् ।
११ विज्ञान:   १) English              2) Physics           3) Chemistry       4) Biology     5) Mathematics

१२ विज्ञान १) English                 2) Nepali          3) Physics     4) Chemistry     5) Biology/Mathematics


११ वाणिज्य १) English              2) Nepali          3) Accountancy       4) Economics
                   5) Business Study/Mathematics/Computer Science
१२ वाणिज्य १) English       2) Accountancy      3) Economics       4) Marketing/ Business Maths
                   5) Business Study/Mathematics/Computer Science


११ शिक्षा १) English       2) Nepali       3) Population/Economics     4) Introduction to Education
              5) Pedagogy      6) Nepali/English/Mathematics
१२ शिक्षा १) English     2) Population/Economics    3) Child Development  4) Instructional Evaluation
               5) Nepali/English/Mathematics   6) Practicum 

प्राविधीक तर्फको एस.एल.सी. परीक्षाको परीक्षाफल सार्वजनिक

प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षमा सबै उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा सहभागी ३ हजार २ सय ९२ जनामध्ये २ सय १५ जनाले ९० देखि १०० प्रतिशत अर्थात ए प्लस ग्रेड ल्याएका छन् ।

यस्तै  ८० देखि ८९ प्रतिशत अर्थात ए ग्रेड ल्याउने ७ सय ७९, ६० देखि ७९ प्रतिशत अर्थात बी ग्रेडमा २१ सय ३१ जना, ४० देखि ५९ प्रतिशत अर्थात सी ग्रेड ल्याउने १ सय २४ जना र २५ देखि ३९ प्रतिशत अर्र्थात डी  ग्रेठ ल्याउने १ जना छन् ।
यस विद्यालयबाट सहभागि बाली विज्ञानका ३० जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन् । ती मध्ये एक जनाले A+, २ जनाले A, र बाँकी सबै B ग्रेडमा उत्तीर्ण भएका छन् ।

SLC 2071 परीक्षाको परीक्षाफल प्रकाशित

एसएलसी २०७१ को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ एक लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ भने १८ हजार ७ सय ७८ जना उत्तीर्ण भएका छन् । यस विद्यालयबाट साधारण तर्फ सहभागी नियमित ७० जना परीक्षार्थी मध्ये १९ जना उत्तीर्ण भएका छन्। जस मध्ये १ जना विशिष्ट श्रेणीमा, ७ जना प्रथम श्रेणीमा र ११ जना द्वितीय श्रेणीमा उत्तीर्ण हुन सफल भएका हुन । प्राविधीक तर्फका बाँकी ३० जना विद्यार्थीको परीक्षाफल भने अर्को साता प्रकाशन गरीने परीक्ष नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाफल र प्राप्ताङ्क यहाँबाट पनि हेर्न सकिने छ ।







विश्व वातावरण दिवस २०१५ मनाइयो


"एउटै पृथ्वी सात अरव सपना , दिगो उपभोग हाम्रो चाहना" भन्ने नाराको साथ ४३ औ विश्व वातावरण दिवसको उपलक्ष्यमा श्री गलकोट उच्च माध्यमिक विद्यालयको आयोजनामा चनचेतना कार्यक्रम  विभिन्न  नारा लेखिएका प्ले कार्ड सहित हटिया बजार सरसफाई तथा -याली कार्यक्रम सम्पन्न भयो ।


यस वातावरण दिवसको अवसरमा नेपाल सरकारले पनि "विपत्तिको बेला पनि सफा राखौं धर्ती , सबै सफा रहन प्रयोग गरौं चर्पी "भन्ने नारा सहित सप्ताह सरसफाई कार्यक्रम गरे अनुसार यस विद्यालयले पनि सामाजिक उत्तरदायित्वको बोध गरी सरसफाई तथा वातावरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम  आयोजना गरेको हो । यस अवसरमा यस विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले बिभिन्न नारा लेखिएका प्ले कार्डहरू सहित हटिया बजार सरसफाई गरेको छ । उक्त दिन बजार सरसफाई पश्चात " स्वच्छ वातावरण निर्माणमा हाम्रो दायीत्व" शीर्षकमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा लिला अधिकारी, तुलसी कार्की, बिन्दु बोहोरा, करिष्मा बोहोरा, ध्रुब सुवेदी, पूजा बि. क. , शोभा परियार र सरिता शर्माले भाग लिएका थिए । सो कार्यक्रममा  प्रथम लिला अधिकारी, द्वितीय शोभा परियार, तृतीय ध्रुव सुवेदी,  भएका थिए ।

विश्व वातावरण दिवस २०१५ को अवसरमा यस विद्यालयका अतिरिक्त क्रियाकलाप कार्यक्रमका संयोजक राम बहादुर खत्रीले वातावरणमा आएको ह्रास र यसलाई संरक्षण गर्ने उपाय बारे चर्चा गरेका थिए भने शिक्षक अोमकार सुवेदीले वातावरण प्रदुषणबाट  हाम्रो टोल, छिमेक, विद्यालयमा फैलिने रोगको बारेमा छोटो मन्तब्य दिएका थिए । यस्तै विद्यालयका सहायक प्रधानाध्यापक नवराज गौतमले, अतिरिक्त क्रियाकलापको महत्व बताउदै वातावरण सरसफाईमा सबै शिक्षक र विद्यार्थीको अहम् भुमिका रहेको कुरा बताएका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम कडेँलले गरेका थिए ।


उक्त कार्यक्रमका नाराहरू यस्ता थिए ;
विश्व वातावरण दिवस ,सफल पारौं ।
सुधार गरौं हाम्रो बानी, स्वस्थ बन्छ जीन्दगानी ।
गाउँ टोल सफा राखौं, सभ्य बन्न सिकौं ।
वातावरण सफा राखौं, दीर्घजीवि बनौं ।
सफा रहौ, स्वस्थ बनौ ।

कार्यक्रमका केही झलकहरू,





Admission Open


Check out this old video (Click Here). This video also helps to know about school's features, facility, infrastructure. 

Result Published

Shree Galkot Higher Secondary School Published Result of annual examination held on 2071/12/10 to 2071/12/20 has been published today. Students and guardians can check  result from school's notice board. They can also collect their progress report from school's office. The school has also opened admission for session 2072 from 2072/01/02 from class Nursery to class 9.